प्रेमको डोरीले बाँध प्रिये
कलिया भोमोरादेखि बोगिविलसम्म
धौला देखि शदियासम्म
तिमीलाई पछ्याउँदै
हिँडेको म
माजुलीमा बिसाए
आकाशी गङ्गामा नुहाए
पासिघाटमा सज्जिएँ
मिरिपथारमा रमाएँ
तिमी त फुत्केर भागेछौ
शराईघाट तिर
कामाख्याको दर्शन गरी
बेलतला तिर छुटे
तिमी त गोठ भागेछौ
कान्छा लाई लिएर
फेरि ब्रह्मपुत्रको बगर बगर
गोठसम्म पुगेँ
झिसमिसे बिहानै तिमीलाई देखेँ
मेरो थकाइ हट्यो
झसङ्ग भएर ब्युझियेँ
ओछ्यानमै रहेछु।
अति सुंदर
ReplyDelete