⚠️

Switch Language?

Redirecting to Home...

×
Sahitya Sristi Logo
Comments
×
💬
Loading...
गजल (आउँदै छु)
Facebook
Follow
YouTube
Subscribe

गजल (आउँदै छु)


बहर :  मुजाहिफ परिश्रमी 
वजन : १२१२ - १२२ - २२१ - २१२२
अर्कान :  मुफाइलुन्, फऊलुन् , मफ्ऊल, फाइलातुन्
काफिया : आउँदै
रदिफ : छु


लजालु रूप देख्दा आँखा जुधाउँदै छु
मिरा भनौँ कि राधा साइत  जुराउँदै छु

लिएर आस दिलमा पूजा म गर्छु भन्दै
टिपेर  फूल  बेली  वेदी   सजाउँदै  छु

म भित्र जो छ सारा  नैवेद्य भोग  लाएँ
भिरेर बाघ  छाला आशन  लगाउँदै छु

गरेर   प्रेम  मैले   केही  न  पाउँनाले
बगाइ अश्रु धारा यो मन  बुझाउँदै छु

रहेन  चाह  मनमा  मायाँ जगाउँ भन्ने 
छ जो रहन्छ बाँकी त्यसमै रमाउँदै छु।


Previous Post Next Post
  Content is Copyright Protected