म
बस्छु
ओथारो
शब्दमाथि
न्यानो राख्दछु
भावनाका भ्रुण
हुर्किन्छन् भित्रभित्रै
कुर्लिन्छु साँझ बिहान
ठुङ्छु कलमका टुप्पाले
निस्कन्छन् कविताका बचेरा
हुन्छन् रङ्गीबिरङ्गी रूप
सेता सत्य जस्तै कुनै
कुनै राता विद्रोही
मर्छन् कुनै छिट्टै
कुनै दीर्घायु
ओ था रो मा
हुर्किन्छन्
श ब्द
यी।
चित्र
को
होला
क स ले
सम्झिदिन्छ
पहेँला पात
पुराना ती पाता
रङ्गाइएका कथा
तरङ्गित रूपायक
धमिलो त्यो बादलभित्र
तमिस्रा भएछ उज्यालोमा
भएर नभएको चित्र
देखाउदा नदेखिने
छ प्रतिच्छाया जस्तै
सीमाको बाहिर
प्रधूमित छ
कथा भित्रै
अलिप्त
कथा
झैँ