⚠️

Switch Language?

Redirecting to Home...

×
Sahitya Sristi Logo
Comments
×
💬
Loading...
शब्दहरू जसले मलाई जिउँदो राख्छन्
Facebook
Follow
YouTube
Subscribe

शब्दहरू जसले मलाई जिउँदो राख्छन्

शब्दहरू कहिलेकाही रुन्छन्,
कहिलेकाही हाँस्छन्,
तर ती सधैं मलाई बाँधि रहन्छन्।
जब मुटु बोल्न सक्दैन,
तब अक्षरहरू कविता बन्छन्।
जब आँसु पोख्न सक्दिन,
तब कलमले अश्रु बगाउछ ।

मौनताभित्र कैद भएका भावहरू,
शब्द बनेर उभिन्छन्।
पीडाले जब हृदय जलाउँछ,
त्यही आगोले लेखन जन्माउँछ।
म लेख्छु, किनभने
शब्दहरू नै हुन् जसले मलाई जिउँदो राख्छन्।

कतिले लेखक भन्छन्,
कतिले कवि भन्छन्,
तर म त केवल मनको घाउहरू
अक्षरमा उनेकी एक साधारण मान्छे।
कहिलेकाहीँ सोच्छु,
यदि यी शब्दहरू नहुँदा म कस्ती हुन्थेँ?
सायद, शून्य...!


Previous Post Next Post
  Content is Copyright Protected