कहिलेकाही हाँस्छन्,
तर ती सधैं मलाई बाँधि रहन्छन्।
जब मुटु बोल्न सक्दैन,
तब अक्षरहरू कविता बन्छन्।
जब आँसु पोख्न सक्दिन,
तब कलमले अश्रु बगाउछ ।
मौनताभित्र कैद भएका भावहरू,
शब्द बनेर उभिन्छन्।
पीडाले जब हृदय जलाउँछ,
त्यही आगोले लेखन जन्माउँछ।
म लेख्छु, किनभने
शब्दहरू नै हुन् जसले मलाई जिउँदो राख्छन्।
कतिले लेखक भन्छन्,
कतिले कवि भन्छन्,
तर म त केवल मनको घाउहरू
अक्षरमा उनेकी एक साधारण मान्छे।
कहिलेकाहीँ सोच्छु,
यदि यी शब्दहरू नहुँदा म कस्ती हुन्थेँ?
सायद, शून्य...!