⚠️

Switch Language?

Redirecting to Home...

×
Sahitya Sristi Logo
Comments
×
💬
Loading...
मलाई मन त कति लाग्छलाग्छ
Facebook
Follow
YouTube
Subscribe

मलाई मन त कति लाग्छलाग्छ


मलाई मन लाग्छ
नारायणमै मन लगाउन…
अनि फेरि आफूलाई पूर्ण रूपले
सपारेर यो माया रूपी जगतलाई सपार्न। 

मन त कति लाग्छ लाग्छ मलाई!
धेरै जस्तो अहंकार र घमण्डले
हाम्रा हृदयलाई सताएको छ।
फेरि मानव भएर
पशुजस्तै जीवन बिताइरहेछौं 
अनि अनेक विषय वासनाको जालले
हामीलाई घेरेर बाँधिरहेको छ।

मलाई मन लाग्छ
त्यो सारा अहंकार रूपी कीडालाई हटाउन।
अनि अनन्त अन्धकारमय पापको भर्खाल्डोवर
पर सरेर प्रभुको कृतिको ज्योतिले जजलाउ। 

मलाई मन लाग्छ
अखिलेश्वर ब्रह्माण्डका नायक
श्रीहरि नारायणमै समाउन।

मलाई मन लाग्छ
यो भौतिक नस्वर रूपी वृक्षलाई नाश गराउन। 
अनि उज्वालो आध्यात्मिक वृक्षलाई
सम्पूर्ण प्रकाशमा फुल्न दिन।

मन त कति लाग्छ लाग्छ

मलाई मन लाग्छ
मेरो पूर्वाचार्यहरूको अमूल्य कृति फहलाउन।
मलाई मन लाग्छ
समस्त गीतोपनिषद्को गङ्गारुपी अमृत पान गराउन।

मलाई मन लाग्छ
सम्पूर्ण वेदलाई समर्पण गर्दै
ब्रह्मसूत्र, स्मृतिग्रन्थ, गीतोपनिषद्–
यी धर्मसङ्ग्रहलाई सही सत्कार दिलाउन।

गुरुको आशिष नै मेरो धन, मानसरी…
गुरुकै कृति फैलियोस सारा विश्वभरि।
गुरुकै रज सिरमाथि धरि
लिन्छु उहाँको कला गुणगान गरी।
दासी बनी प्रभुमै समर्पित हुन्छु
उहाँकै कीर्ति सारा विश्वभरि फैलाउनेछु।
कुलको गौरव सदा मान राख्नेछु।
प्रभुमा जीवन व्यतीत गर्नेछु
भक्तिज्ञान विना सय जन्म बिताउनु व्यर्थ छ।
प्रभुको भक्ति गरी
कुलको उद्धार गर्ने प्रण गर्छु।
आशिष, प्रेरणा र आस्था लिएर
हरेक पाइलामा प्रभुको नाम गाउनेछु।
मलाई मन लाग्छ
अज्ञानताको अँध्यारोबाट मुक्त भएर
ज्ञानको उज्यालोमा यात्रा गर्न।
मलाई मन लाग्छ
सर्वशक्तिमानको अनन्त प्रेम र करुणालाई
मन र जीवनमा अंकित गरी चल्न।
सम्पूर्ण जगतलाई प्रभुको माया र ज्ञानको प्रकाशले उज्यालो बनाउने।

मन त कति लाग्छ लाग्छ मलाई


Previous Post Next Post
  Content is Copyright Protected