⚠️

Switch Language?

Redirecting to Home...

×
Sahitya Sristi Logo
Comments
×
💬
Loading...
डाउनलोड
Facebook
Follow
YouTube
Subscribe

डाउनलोड

आज उनलाई ढिलो भयो! जतिसुकै छिटो ओछ्यान छोडे पनि यो  बिहानको बेला चाहिँ के साह्रो हतार ! हतार! 
ताईको फुलौरो भएर काम गर्दा पनि ढिलो भइ हाल्यो। डर र सङ्काले उनले स्कुटी स्टाट गरिन् । मनमनै उनी सोच्न थालिन् आज सरको गाली त पक्कै खान पाइन्छ। ढिलो भएको छ जब खानै पर्‍यो नि गाली!!

 हिजोआज सबै थोक वाणिज्यिक  भइसक्यो। साइनो ,सम्बन्ध सबैथोक!

 कहिलेकाहीँ सरले हामीलाई गाली-गलाज गर्ने अघि "किन ढिलो भयो? के त्यस्तो आइपर्‍यो?" भनेर सोधे केही हानी त हुन्थे न नि! 
यद्यपि सरप्रति सम्मान अझ बढ्ने थियो। तर सबैथोक सोचेजस्तो कहाँ हुन्छ र? सर जैले नि  हामीमाथि झम्टिछन्। सानो केही गलती भेट्दा पनि सक्दो कराउँछन्।  सरको नाउँ भने विनय तर उनी नाउँको सम्पूर्ण विपरीत मान्छे हुन्।

वि----न---य  यो नाउँ उच्चारण गरेर उनी मुसुमुसु हाँसिन।
शालीन अनुहार गरेकी सरिताका गुलाफी ओठमा मुस्कानका रेखा छरिएर उनको सौन्दर्यलाई अझ उकालो चढाउँछ।

" ढिलो भएको खुसीमा हाँस्नु भएको क्यओ म्याडम?"

 "होइन नि! तपाईंलाई देखेर सर।"

 हानेको गोलीजसरी निस्किहाल्यो वाक्य मुखबाट अब फिर्ता कसरी लिनु!  सरको रिएक्सन नविचारी उनी कक्षातर्फ लागिन्। दुई मिनेटमात्रै उनको हातबाट समय चिप्लेको रछ। 
"गुड मर्निङ म्याडम !
" गुड मर्निङ क्लास!"
 "कस्तो छ सबैलाई ?"
  उनी कक्षामा पसेर बच्चालाई केही सोधेकी मात्रै थिइन् कि बाहिर साना दुई नानी रोइरहेको देखिन्   ती दुई नानी नर्सरीका थिए। रोएकै अवस्थामा उनीहरू दुवैलाई आयाले आएर लगिन्। गहभरी आँसु ,मायालाग्दो अनुहार , केही पीडाले रोएजस्तो।
आफ्नो पेरिड सकेर उनी सोझै  प्रिन्सिपलको अफिसतर्फ लागिन्।

" मे आइ कम इन सर?"
" येस वाइ नट, प्लिज कम।"

 "सर एउटा अनुरोध छ, मलाई आज क्लास नर्सरीमा जान दिनुहोस् न, मात्रै एउटा क्लास लिन्छु।"

 "अरे त्यो पनि सोध्ने कुरा हो क्याओ! जानुहोस् , तपाईंले हसिलो अनुहार देखेर उनीहरूलाई पनि  राम्रो लाग्छ कि!"
 अरू केही नबोली "धन्यवाद" मात्रै भनेर उनी फर्फिन।

 क्लास नर्सरी ! ससाना बच्चा, केही खेली रहेका, कोही उल्टा बाङ्गा अङ्ग्रेजी वर्णमाला लेखिरहेका। कोही, आइफल, केरा, बिरालो आदिको चित्र बनाउने प्रयास गरिरहेका। 
उनीहरूको ध्यान भङ्ग नगरी उनी कक्षामा प्रवेश गर्छिन्। 
 केहीबेर पछि एउटी माया लाग्दी  नानी आएर उनको गलामा म्वाई खाएर -" आ -- मिस! कति पढ्नु यो ए, बि, सि, डि पनि ! झाउ लागिसक्यो हामीलाई त। मिस! आज हमीलाई डान्स गराउनुहोस् न । हामीलाई बाहिर नाच्न मन छ।" भन्छिन् ।
"ओके डियेर"
  "नरोऊ नानू म तिमीहरूलाई भोलि धेरै चकलेट ल्याउँछु। अनि तिम्रो बर्थडेमा तिम्रो घर पनि जाने हो। भन त तिम्रो जन्मदिन कहिले हो?"  अघि ती रुँदैगरेकी नानी दुवैलाई काखमा राखेर सोधिन् सरिताले।
" सरिता मिस ! म त 20 जुलाई मा डाउनलोड भएकी रे, अनि बर्थडे पनि विदाको दिनमा पर्छ के गर्नु र मिस?"
 त्यो डाउनलोड भन्ने शब्दले सरिताको मनै छिचोलो अनि फेरि सोधिन् --" नानू तिमी कसरी डाउनलोड भएकी त? तिमी त जन्मेकी पो हौ त!"
" मम्मी, पापा जहिल्यै, जेसुकै डाउनलोड गरिरहनु हुन्छ। मलाई पढाउन बसाउँदा  पनि डाउनलोड, भान्साघरमा पनि डाउनलोड, पापा त झन  सधैं  मोबाइल , ल्यापटप मै झुन्डिरहनु हुन्छ। ,मसित खेल्ने समय छैन। मम्मी पनि मलाई पढ्नु दिए मोबाइलमा केही डाउनलोड गर्नुहुन्छ। अनि मलाई पनि उनीहरू 20 जुलाई डाउनलोड गर्नुभयोको हो रे।"
 तोते तोते बोलीले  कस्तो कुरो गरिन् ती नानीले। कुरा सुनेर सरिता वाल्ल परिन। 
उनलाई लग्यो---  कतातिर लम्कदैँछ हिजोआजको समाज !, सन्तानको पीडा के हो हामीले बुझ्ने प्रयास गरेका छैनौँ!  उनीहरूलाई हामीले समय दिनमा कन्जुस्याइँ गर्दैछौँ क्यार!
नानी हो ! लु अब बाहिर जाँऊ। त्यहाँ गएर कथा सुन्ने हो,  नाच्ने हो ,रमाइलो गर्ने हो। सबै लाइनमा उभिएर हिँड है। म अघिअघि जान्छु तिमीहरू मेरो पछिपछि आयो है।  
सबै खुसी हुँदै बाहिर निस्किन्छन् ।  सरिताले   आयालाई उनीहरूलाई राम्रोसँग ल्याउन भन्छिन् र आफू गीत बजाउन लाग्छिन्। बिस्तारै गीत बक्समा बज्दै जान्छ---- "जूनजस्ती रे ! फुलजस्ती रे! कञ्चन खोला झर्नाको मूलजस्ती रे!" 
 त्यो दिन बच्चाले नाचे, गाए! खुसी भए। खुब रमाइलो गरे! रोएकी नानीले पनि राम्रोसँग नाचिन। त्यो रमाइलो दृश्य कसैको मोबाइलको क्यामेरामा कैद भएर सामाजिक सञ्जालमा अपलोड भएछ।  केहीदिन मै त्यो सानी नानीको नाच  इन्स्ट्राग्राम, फेसबुक आदि सबैतिर फैलियो। र आजको तारिखमा सर्बाधिक हेरिएको र सर्बाधिक डाउनलोड भएको भिडियो हो ----- "कञ्चन खोला झर्नाको  मूलजस्ती रे! फुलजस्ती रे!" जसमा ती रुँदैगरेकी नानीले नाचेकी थिइन्। आज जता पनि, जसको  पनि मोबाइलमा ती नानीको हँसिलो अनुहार डाउनलोड भइरहेको छ।

Previous Post Next Post
  Content is Copyright Protected