⚠️

Switch Language?

Redirecting to Home...

×
Sahitya Sristi Logo
Comments
×
💬
Loading...
छोरी
Facebook
Follow
YouTube
Subscribe

छोरी


तिम्रो आगमनले नै मेरो काख भरियो।
मैले कसरी व्यक्त गरूँ
आमा हुनुको पहिलो अनुभूति
त्यो अनुभूति तिमीले नै गरायौ।
हाम्रो मायाको सुन्दर सृष्टि हौ तिमी,
मेरो मुटु र बाबाको प्रतिबिम्ब हौ।
बिहानीपखको पहिलो किरणझैँ
र आकाशको ताराजस्तै
शीतल छायाँ हौ तिमी।
छोरी रुँदा मेरो मन रुन्छ,
र तिम्रो मिठो मुस्कान देख्दा
खुसीले गद्गद् हुन्छु म।
कस्तो रहेछ प्रकृतिको “आमा” भन्ने सृष्टि
त्यसको अनुभूति तिमीले नै गरायौ।
अर्ध थिएँ म तिमीलाई पाउनुअघि,
पूर्ण त तिमीलाई पाएपछि भएँ।
घरमा छोरी हुनु
भाग्यमात्र होइन, सौभाग्य रहेछ
तिम्रो आगमनले नै यो अनुभूति गरायौ।
हाम्रो मायाको सुन्दर सृष्टि छोरी,
मेरो मुटु र बाबाको प्रतिबिम्ब हौ तिमी।


Previous Post Next Post
  Content is Copyright Protected