सबेले हेर्दा भाग्यमानी देख्ने म,
संसारभरिकै आफूलाई अभागी लाग्छ।
खोइ के गर्न सकें हजुर हरुको लागि आमा-बाबा,
रहर धेरै थियो कुनै बाध्यताले दिएन त कुनै पैसाले दिएन।
कसेरी भनु पैसा ठूलो होइन, भनेर यहाँ पैसा नहुँदा..
आफ्नालेत चिन्दैन, पैसाले आफन्त किन्ने संसारमा
म आफन्त मेरो फलानो भन्दै खोज्दै हिर्डे छु।
सबेले हेर्दा भाग्यमानी देख्ने म,
संसारभरिकै आफूलाई अभागी लाग्छ।
कति खरको तारा मण्डल देखिने चाहरीमा बस्छ्यौ,
आमा कति झरी पर्दा पानी का पोखरा लागेका सोर्चेऊ आमा
ति हातका रेखा पनि मेटिन लागे अब त!
एउटा घर बनाउने रहर अधुरेइ रयो,
खोइ के हो बाध्यता भनु या पोइसाको कमी,
खोइ के भनु एउटा कार किनेर चढाएर घुमाउने रहर
थिएन होलात, मलाई पनि अधुरै भयो।
सबेले हेर्दा भाग्यमानी देख्ने म,
संसारभरिकै आफूलाई अभागी लाग्छ।
कति लाउँछेऊ चेतिएका फरिया आमा शिलाएर
कति लाउछेऊ उद्रिएका कमिज बाबा शीलाएर
कहले काही त आफूलाई पनि किन्नु नी नयाँ लुगा
कति हाम्रा लागि मात्र नयाँ लुगा लेइदिनु हुन्छ
आफूलाई पनि किन्नुन, आमा बाबा भन्नुहुन्छ
हामीलाई त्यै पोर को लुगा सदेसनी त्यै भोइआलचनी
कसेरी भनु तियो रहर होइन बाध्यता हो भनेर ।
सबेले हेर्दा भाग्यमानी देख्ने म,
संसारभरिकै आफूलाई अभागी लाग्छ।
उमेर बढदै छ बढदो उमेरले केही गर्न सकिने रैनछ
सकिने भनेको पोइसाले मात्रै हो कहिले काही म पनि त नयाँ लुगा किन्दिन सकु।
म जान्दिनँ म का हराउँदै छु आफ्नो काममा व्यस्त म
आफूइलाई बदल्नको कोशिश मा छु, आफुइमा हराउँदै छु
मोलाई भीडको माजमा हिन्न मन पर्दैन,
पीछाडी बाट म छु भन्दै चपल कुल्चेर लड़ाई दिने धेरै मान्छे देखेकी छु
त्यसैले म एक्लै हिन्छु।
सबेले हेर्दा भाग्यमानी देख्ने म,
संसारभरिकै आफूलाई अभागी लाग्छ।
सबैले आफ्नो छोराछोरीको प्रगति सुनाउदा
निशब्द बनेका हजुरको ओठको जवाफ बन्नु छ मलाई आमा
कति लाऊचेऊ सेतिएका फरिया कहिले काँही त
म पनि किनि दिन सकु,
दुईसय नपतियुने ति तला घरे काकि लाई
कउसी बसेर देखाउनु छ,
कोसिस गर्दे छु प्रगति को बाटो मा हिन्ने,
एउटा घर बनाउँदा को ऋण म पनि त तिर्न सकु।
आफ्नो आँसु लुकाएर हाम्रो खुशी देखाउने मेरी आमालाई,
हाँसोको कारण बन्न सकु।
घर परिवारको ख्याल राख्दा राख्दै आफ्नो ख्याल राख्न बिर्सिनु भएका
मेरो आमा बाबाको सधै ख्याल राख्नेछु
मेरो आमा-बाबाको संघर्ष नै मेरो प्रेरणा हो
म जित्ने छु उनको संघर्ष मा पुर्ण बिराम लगाउनको लागि।