⚠️

Switch Language?

Redirecting to Home...

×
Sahitya Sristi Logo
Comments
×
💬
Loading...
स्वीकार्छौ  र?
Facebook
Follow
YouTube
Subscribe

स्वीकार्छौ र?

स्वीकार्छौ र?
मेरो रूपको शून्यता लाई,

म च्यातिएको पाना के लेख्छौ र
तिमी मेरो भताभुङ्ग शरीरमा ?

अनि स्वीकार छौ र मलाई
मेरो शरीरिक बनावट देखेर ?

न त मेरो गन्तब्य नै छ
न त मेरो महत्वाकांक्षा नै..

म त केवल डढेलो लागेको जङ्गल न हो कति बेला खरानी भएर बिलाउछु,
अत्तोपत्तो छैन के मलाई अझै पनि स्वीकारछौ र?

मेरो भविष्य ओरालो लाग्दै छ
आफ्नै शरीर पनि भार झै लाग्दै छ,

तिमी चम्किलो तारा न पर्यो म त अरुले उज्यालो उधारो दिन्छु भने पनि
लिन अन्कनाउने परे के तिमी अझै पनि मलाई स्वीकार्छौ र?

यहाँका मान्छेहरुले हेर्दा तीन वटा 'अ'बाट हेर्छन रे ! अनुहार औकात र अस्तित्व,
अब भन तिमि मलाई यी सबै कुरा हेरेर पनि, स्वीकार्छौ र?

Previous Post Next Post
  Content is Copyright Protected