⚠️

Switch Language?

Redirecting to Home...

×
Sahitya Sristi Logo
Comments
×
💬
Loading...
छोरी हो के गर्नु उमेर बढ्दै गए पछि पराई घर जानु पर्छ
Facebook
Follow
YouTube
Subscribe

छोरी हो के गर्नु उमेर बढ्दै गए पछि पराई घर जानु पर्छ

छोरी हो, पराई घर जान्नेइ पर्छ? भन्ने खै कस्तो नियम बनायो,
छोरी भए पनि परिवारका लागि म पनि त केही संकोच उल्झन गर्न सकु,
छाेरी भए पनि छोराको कर्तब्य निभाएर जिंदगी बिताउन सकु,
बुबा आमाले देखेका केही ठूला सपना म पनि त पूरा गर्न सकु....?

छोरी हो के गर्नु ? उमेर बढ्दै गए पछि पराई घर जानु पर्छ,
भन्ने कुराले मन कटक्क खादो रहेछ,
सानैदेखि हुर्की बढी गरेको घरलाइनै, माइती घर भन्नु पर्दो रहेछ?
आफ्नो घरको अधिकार- खतन्त्रता जिम्मेवारी त्याग गरेर
नया घरको जिम्मेवारीको काध अपनाउनु पर्दो रहेछ।

आमा-बाबा, दाजु-भाई, दिदी-बहिनी नाम एउटै भएपनि
आमालाई सासुआमा बाबालाई ससुराबा दाजु-भाइलाई देवर, जेठाजु
दिदी-बहिनी लाई नन्द, आमाजु भनेर चिनाउनु पर्दो रहेछ।

छोरी हो के गर्नु, उमेर बढ्दै गए पछि पराई घर जानु पर्छ?
भन्ने कुराले मन कटक्क खादो रहेछ,
यहाँ म पढ्दा-पढ्दै आमाले चिया पकाएर पिउन टेबुलमै लेइ दिनुहुन्छ,
उहाँ त्यस्तो नहुने पो होकी...?

घरमा कहिले-काहीं सुतेर बियान ढिलो उठ्दा आमा सोध्नु हुन्छ कि
आज किन ढिलो उठेकी छोरी बाबु आज चन्छपो भएनकी, उहाँ त्यस्तो नहुनेपो होकी?
डर लाग्छ, ढिलो उठ्दा बिरामी देखाएर
ढिलो उठ्छे भन्नुपो हुन्छकी,

छोरी हो, के गर्नु ? उमेर बढ्दै गए पछि पराई घर जानु पर्छ?
केही चाहना अड्कलेर राख्न्न छ, दुःख बाधा धेरै आउलान्
मुहारमा मुस्कानको लहर लेयाउनै पर्छ।

आखिर नाम एउटै काम एउटै माया पनि एउटै हुनु परो
उहाँको आमा-बाबा पनि मेरी आमा-बाबा जस्तै हुनुु हुन्छ,
बुहारी पनि हाम्रा छाेरी जस्तै कसैकी छोरी हो!
हाम्रा छाेरी पनि त कसेकी बुहारी हो?

म पराई को घर होइन आफ्नो घर भन्ने छु,
म बुहारी होइन छाेरी बन्ने छु।

Previous Post Next Post
  Content is Copyright Protected