⚠️

Switch Language?

Redirecting to Home...

×
Sahitya Sristi Logo
Comments
×
💬
Loading...
छोरीको बयान
Facebook
Follow
YouTube
Subscribe

छोरीको बयान

हतार गरेछु आमा छाेरी बाट बुहारी हुन,
हतार गरेछु आमा अर्काको नामको
सिधुर पोते लगाएर रंगीन।

यहाँ कोही छैनन् आमा हजुर जस्तै माया गर्ने,
यहाँ कोही छैनन्।

एकखेप विवाह पछि न छाेरी को घर रहेछ,
नत थरैइ रहेछ मेरो आफ्नो र आफ्नो पनको न कोही रहेछ।

हतार गरेछु आमा छाेरी बाट बुहारी हुन,
यहाँ सबै मेरो काममा रमाउँछन्,
म थकान भएको कसैले देख्दैनन् यहाँ,
मेरो काममा खुशी हुन्छन।

मेरो दुःख कसैले बुझ्दैनन् यहाँ,
छोरी होस् तैंले सबे कुरा सहनु पर्छ।

कसेरी सहनु आमा तिम्रो जुवाईले
सदै राति भई पछि पिट्छन,
छोरी होस् तैले सहनु कतै पनि यो नकहनु।

म ति आउँछु आमा बरु एकछाक खाएर बस्छु
म यहाँ बस्दिन एकैछिन बस्दिन अब ती आउछु।

छोरी मान्छे होस् अलि अलि चहनु पर्छ
सबै कुरा बिस्तारै ठीक भोइ आलचनी।

आखिर बिहे भई पछि जन्मेर हुर्की बड़ी गरेको
घरपनि आफ्नो हुँदैन।
आखिर आफ्नो घरपनि पराई घर हुँदो रहेछ।

पटक पटक सासुआमा भन्नु हुन्छ तेरो माइत जा,
आमा, तपाई भन्नु हुन्छ आफ्नु घर गरेर खा..
छोरी मान्छे होस त, आखिर मेरो घर खोइत?

हतार गरेछु आमा छाेरी बाट बुहारी हुन,
यहाँ सबै बिराना लाग्छन् मलाइ यहाँ।

वियान छिटै उठने म आज बीमारी भएर उठ्न सकिन
के भयो तलाई? भन्ने कोही छैनन् मलाइ?

बीमार देखाएर सुट्छेनी के छत ? उसलाई.. भन्ने मात्र छन्
मेरो बीमारी पन बुझ्नै कोही छैनन् आमा।

हतार गरेछु आमा छाेरी बाट बुहारी हुन,
छाेरी नै ठीक थिए, मैले खाको, नखाको देखने
मेरो थकाइ देखने मेरो थकाइको महसूस गर्नै

गली होला यो भन्ने हाजुर्नै हुनुहुन्छ आमा
हजुर बाहेक अरु कोही छैनन् आमा,
हजुर बाहेक अरु कोनेई छर, आमा।

अरुलेत काम र आफ्नो सूवार्थ मात्र पियारो मान्छन,
नीनिस्वार्थ माया गर्ने हजुर मात्रै हो आमा।

Previous Post Next Post
  Content is Copyright Protected