तिमी र म बाट हामी हुन सक्छ्यौ, भनी आऊ,
साटुम, काँध परिवार को जिम्मेवारी कति तिमी मतै बोक्छेऊ ...
आधा,आधा गरेर साटुम काँध,तिमी र म मिलि,
कहिलेकाहीँ त लाग्छ मेरो मौनता लाई कसैले बुझिदिए हुन्थियो?
मेरो मौनतालाई पढ्न सक्छेऊ भने आऊ,
मेरो मनको भारी बिसाउने चौतारी भई दिए हुन्थियो?
भारी बिसाउने चौतारी हुन्छ्यौ भने आऊ,
कति एक्लै पिडाहरु लुकाउ?
आऊ तिमी आधा-आधा गरेर बाटुम।
पीडा हरुमा झरेका मेरा आँसुहरू पुसिदिन सक्छ्यौ भनी आऊ,
मेरो आखा भित्र कोरिएका चित्र हरुलाई
कोर्न सक्छ्यौ भनी आऊ,
मेरो मनको भावनालाई बुज्छ्यौ भने आऊ तिमी
मेरो नामको पछाडि तिम्रो थर जोड्ने अधिकार
दिन्छ्यौ भने आऊ तिमी....।
❦