सपना धेरै ठूलो छैन, बस मेरा असफलतामा आज
साथ छोड्ने हरुलाई भोल्ली सफल भएर देखाउनु छ
यात्रा जारी छ, सके गन्तव्यमा पुगिएला
नसके केही सिकेर अगाडि बढौला..
धोबीलाइ हतार छ भन्दैमा रातिमा घाम लाग्दैन,
सबैको सहि समय आउँछ बस धैर्य गर्न सक्नुपर्छ
थाहा छैन गन्तब्य कहाँसम्म हुन्छ,
तर जहाँसम्म हुन्छ केहि गरेर देखाउँनु छ।
हतार छैन बस ढिला ने भए पनि
गन्तब्य सम्म पुर्याइदिनु ।
आफ्नो भाग्य आफै कोने
भागदौडमा छु, जित्नु मलाई छ, बदलनु पनि आफैलाई छ,
यात्रा मेरो हो अनि यात्री म आफै।
आफू हिडेको गन्तब्य सहि भए हुन्छ,
अरु कसैको कुरा सुन्न पर्दैन।
तिमी सुन्दर फूल ही आफूलाई विश्वास गर,
अरूले काँडा भन्दैमा फरक पर्दैन नी...
आफ्नो जीवन आफुले नै राम्रो बनाउने हो
गन्तव्यमा पुगिएला या नपुगिएला तर,
यात्रा जारी रहने छ।
खुशी आफू भित्र खोज्नु,
अरूमा त केवल स्वार्थ मात्र भेटिन्छ...
संघर्ष मै त हो साथ चाहिने भनेको,
सफलता मा त जसले पनि हात मिलाउछ नि ..
नर्क जस्तै हुन्छ बेरोजगार भएर हेरन
न इज्जत, न सम्मान, न पैसा, न प्रेम, न त आफन्त नै।
"आकाश भन्दा फराकिलो सपनाहरु अटाउने आँखामा
कहिले काहीँ दुईथोपा आँसु पनि अटाउदैन...
आज दुखको बादल होला भोलि अबश्य सुखको बर्षात हुने छ..
गन्तब्य मिल्यो भने सुनाउला यात्राको कथा..!