तिमी जस्तै, मलाई पनि टाढा रहन मन पर्छ,
तिमी जस्तै, मलाई पनि टाढा भए पनि
सबैतिर उज्यालो फैलाउन मन पर्छ।
के तिमीलाई थाहा छ, तिमी र म उस्तै हौं?
जुनेली रातमा सबैले मन पराउने,
तर औंसीको अध्यारोमा कसैले मन नपराउने
"तिमि जस्तै, मलाइ पनि टाढा रहन मन पर्छ
तिमी जस्तै, मलाई पनि टाढा भए पनि
उज्यालो किरणको जोती जस्तै जगमागाउन मन छ
तिम्रो वरी-परि हजारों तारा, जूनकीरीले साथ दिए झैइ
मलाइ, नि सबैले साथ दिए,
हुन्थ्यो मलाई अझै अगिबढ्नेको
आँट दिए हुन्थ्यो....
तिमी जस्तै मलाई पनि टाढा रहन मन पर्छ,
चम्किलो तारा बनेर सबैतिर
उज्यालो चर्ण मन छ।।
❦