आजको समाज यस्तै छ ,
मोबाइल भए सबेथोक बिर्सिने...
मोबाइल भए मानवता पनि बिर्सिन्छ,
अरूलाई जे सुकै भएनि केही फरक पर्दैन
उसलाई भाईरल हुनु छ..?
आजको समाज यस्तै छ
मोबाइल भए सबैथोक बिर्सिने...
उसलाई भिडियोमा भाईरल हुनु छ,
अप्ठयारोमा परेको मान्छेको
हाँसी मजाक बनाएर हुन्छ कि?
आधा लुगा लाएर हुन्छ कि ?
पेट देखाएर हुन्छ उसलाई भाईरल हुनु छ।
दुनियामा आगो लागे नी
केही फरक पर्दैन,
खाली उ र उसको घरमा चै
आगो लाग्नु भएन...
आजको समाज यस्तै छ
मोबाइल भए सबेथोक बिर्सिने,
दुनियामा बाड़ी आएर डुबाए पनि
केही फरक पर्दैन...
खाली उ डुब्नु भएन,
आजको समाज यस्तै छ,
मोबाइल भए सबैथोक बिर्सिने....
खोइ त हाम्रो मानवता
के काम लागो
खोइ के काममा लागो
मूल्यवान् मोबाइल,
कसैलाई उपकार गर्न सकतेइनौ भने
अप्ठयारोमा परेको मान्छेको ,
हाँसी मजाकको भिडियो नबनाऊ....
के काम लागेउ
तिमी र तिम्रो मानवता ।
खोइ के काम लागो तिम्रो मोबाइल,
काम त धेरै थिओ
तिम्रो मोबाइल को
के काममा कसरि प्रयोग गर्ने
गर्नेई जानेनौ?
मूल्यवान् मोबाइल पनि,
मूल्य विहीन बनायौं,
भाइरल हुन को निम्ति।