⚠️

Switch Language?

Redirecting to Home...

×
Sahitya Sristi Logo
Comments
×
💬
Loading...
आमा
Facebook
Follow
YouTube
Subscribe

आमा

शब्दले होइन मेरो प्रत्येक कर्मले
तिम्रो मुहारमा चमक ल्याओस्।

"मेरो लागि आशीर्वाद बनेकी मेरी आमालाई"
जसरी आकाशले पृथ्वीलाई अँगालेको छ,
त्यसरी नै भगवानले माया र सुरक्षाले अँगालून्.... !❤😘

म केवल सफेद क्यानभास जस्ती मात्र थिए,
आकार त उनैले दिएकी हुन।

बडेमानको ढुङ्गा जस्ती मात्र थिए, मुर्तिकारले झैँ,
आकृति त उनैले दिएकी हुन ।

के भन्नु...कुनै एक बिम्ब भित्र न म कहिल्यै अट्न सकेँ,
न मेरि महान आमाले सकिन ।

जिवनको मोडको पहिलो रुवाई, पहिलो पाईला,
पहिलो उम्मिद, पहिलो बिश्वास, पहिलो आस्था,
हर एक अनुभब दिने सबै आमाहरुसँग निकट रहेँ म ।

सुन्दर थिएन होला त्यो मुहार अरु कसैको लागि
तर मेरो लागि त्यो भन्दा सुन्दर कुनै मुहार थिएन,

खुशी थिएनन् होला तपाईबाट अरु तर
मलाई तपाईले जति खुशी कसैले दिन सकेन,

जतिनै दुख कष्ट भए पनी आफुले आशु बगाएर
खुशीको कमि हुन दिनु भएन मलाई कहिले पनि,

आमा हजुरले गरे जति माया कहा गर्न सक्छु होला र ?
जस्मा कुनै सुवार्थ छैन निसुवार्थ प्रेम मात्र छ..

थाहाँ छ हजुरलाई ? आमा मैले कोखमा ९ महिना सम्म लात्ती हान्दा पनि
हजुरले खुशी ले कहिले मलाई दुःखो भन्नु भएन आमा किन?

मैले लात्ती हाने पनि दिन दिनै मेरी छोरी बर्दैछे,
भनेर खुसी भएर ..होइनर?

म जन्मिएर कोखमा घाउ हुँदा पनि एक्खेप पनि दुखो भन्नु भएननि?
आमा मलाई दस धारा स्तनपान गराएको कुरा याद छ?
अनि म मग्न भएर निदाएको..

म रुँदा रातभरि नसुति सबै आफ्नो पीडा भूलि
मलाई हेरेर बस्नु हुन्थ्यो? आमा..

म सारै दुःखी छु आमा
म तियो रिन् तिर्न सक्दिन..

माया ममता सदै म निस्वार्थ गर्ने छु, आमा..
मेरो कारणले कहिले हजुरलाई आँसु झार्न दिन्न आमा❤

थाहा छैन अर्को जुनी हुन्छ या हुदैन, हुन्छ भने अर्को जुनी मात्र होइन
जति पनी जुनी हुन्छ सबै जुनी तपाईकै कोख बाट जन्म लिन पाम मेरी प्यारी आमा 🌍.

Previous Post Next Post
  Content is Copyright Protected